३ अप्रिल २०२२ ,क्यालिफोर्निया, अमेरिकाको क्यालिफोर्निया राज्यस्थित साक्रामेन्टोमा गीली चल्दा ६ जनाको मृत्यु भएको छ ।
आइतबार विहान सवेरै भएको सो घटनामा परी अन्य १० जनाभन्दा बढी घाइते भएको बताइएको छ । मृतक र घाइतेको थप विवरण आइसकेको छैन । साक्रामेन्टो शहरको व्यस्त इलाका डाउनटाउन क्षेत्रमा रहेको नाइटक्लब नजिकै बिहान करीव २ बजेतिर मानिसहरूको समूह बीच गोलाबारी भएको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् । घटनाको बारेमा थप प्रहरी परिचालन गरी खोजतलास तथा अनुसन्धानको कार्य भइरहेको स्थानीय प्रहरीले बताएको छ । गोलीकाण्डमा संलग्न रहेकाहरूलाई नियन्त्रणमा लिने प्रयास स्वरूप घटनास्थलको अवलोकन र गोली लागी घाइते भएका र अन्य पक्षसंग समेत सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । अमेरिकामा माससुटिंगका यस्ता गोलाबारी बाराम्बार दोहोरिरहन्छन् ।
गणेश थापा
क्यालिफोर्निया, अमेरिका
३ अप्रिल २०२२ ।










