नेपालीहरूको महान चाड तिहारको अबसर पारी अष्ट्रेलियामा रहेको नेपाली जन सम्पर्क समिती एन.एस.डब्लु (स्डनी) द्धारा दैशी भैली कार्यक्रमको अवसर पारी दैशी भैली कार्यक्रम स्डनीका भिन्न भिन्नै ठाउॅहरुमा नेपालीहरू माझ हर्ष उल्लासका साथ अस्टे्लियामा सम्पन्न गरेको छ ! जसमा जे , एसएस, अस्टे्लिया र रक्डेल बाईज नाम गरेका सिडनीका युवा समुहहरुले दौंशी भैलो कार्यक्रमको सबै ब्यवसथापन मिलाएका थिए। सो समुहहरुले बिभिन्न चाडपर्वहरुको अवसरपारी अस्टे्लियामा बस्ने नेपाली समुहहरुलाई विभिन्न कार्यक्रमहरू आयोजना गरी नेपाली समुदायहरूलाई मनोरन्जन कार्यक्रमहरु संचालन गर्दै आईरहेका छन्। यस समुहले नेपालबाट अस्टे्लिया पठन पाठन बिभिन्न कार्य गर्न आएका नेपाली जन समुदायहरूलाई बिभिन्न कार्यहरु आपतविपत समस्याहरूमा परेका बेला सहयोग गर्नुका साथै नेपालबाटअष्ट्रेलिया आउने नेपाली कलाकारहरू लगि स्टेज प्रोगामहरू गरी नेपाली प्रवाशीहरूलाई मनोरन्जन प्रधान गरी रहेका छन्। यसै सन्दर्बमा यही समाजका समाजसेवी युवा समुहहरू द्धारा धापासी काठमान्डौ स्थित हाम्रो बाल धरोहर नेपाल संस्थाका अनाथ बालबालिकाहरूलाई दौंशीभैलो खेलेको रकमबाट रू दुई लाख नगद सहयोग गरेका छन्। यस समुहले उक्त संस्थाका बालबलिकाहरुको अध्यन अध्यापनको लागी शो रकम पठाएको र भविष्यमा पनि अझै सहयोग गर्ने प्रतिवदता दिईको कार्यक्रम संचालक रक्डेल ब्याईजका दोय सुरज र शितल खाड गिरी द्धारा कार्यक्रम गरियको थियो।











