•            
    • sajhaonlinetv. com

    • ३ मंसिर २०७९, शनिबार ०५:३७

    महोत्तरीमा स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट डेढ लाख रुपैयाँ बरामद

    महोत्तरीको बर्दिवास–११ स्थित खयरमाराको पाँचे टोलबाट प्रहरीले स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट डेढ लाख रुपैयाँ बरामद गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनको गाडीबाट शुक्रबार साँझ १ लाख ५२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो। बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा रहेका मानिसबाट उक्त रकम बरामद भएको हो। 

    योञ्जन प्रदेश सभा महोत्तरी क्षेत्र नं १ (२) का स्वतन्त्र उम्मेदवार हुन्। योञ्जनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभनमा पार्न पैसा बोकेर हिँडेको आशंकामा प्रहरीले नगद बरामद गरेको हो। बरामद रकम प्रहरीले बर्दिबासका निर्वाचन अधिकृत गुणराज श्रेष्ठकहाँ बुझाएको छ।

    यस विषयमा आज (शनिबार) उम्मेदवारसँग स्पष्टीकरण लिने र जवाफ कस्तो आउँछ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै