•            
    • sajhaonlinetv. com

    • १५ मंसिर २०७९, बिहीबार ०९:२९

    राम्जि रानाभाटकाे `मान्छे बनौला´ गीतकाे म्युजिक भिडियो सार्वजनिक

    साहित्यकार राम्जि रानाभाटकाे शब्द / संगीत रहेको ` मान्छे बनौला ´ गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । ` मान्छे बनौला ´ गीतमा चर्चित बाल गायक तथा कलाकार सुप्रिम मल्ल ठकुरीकाे आवाज रहेको छ ।

    गीतमा विवेक रानाभाट र सिर्जना आचार्यको मुख्य अभिनय रहेको छ भने प्रकाश तिमिल्सिना , शाेभा थापा , विवेक रानाभाट २ , कल्पना ढुंगाना , अरुण पौडेल , मिरा तिमिल्सिना , राम्जि रानाभाट र प्रियान्सु आचार्यको अभिनय रहेको छ । उक्त गीतमा झलक संगीतम् काे एरेन्ज / मिक्सिङ्ग रहेको छ , भने मिरा तिमिल्सिना निर्माता रहेकी छिन् । गीत आलाप स्टुडियोमा रेकर्ड गरिएको हो , भने रेकर्डमा रेम सुनार रहेको छन ।

    म्युजिक भिडियोको निर्देशन सबिन कुमार ताेलाङ्गीले गरेका हुन भने सह – निर्देशन बिकल क्षेत्रीको रहेको छ । गीतमा नृत्य निर्देशन रबि सुनार र यम गुरुङले गरेका हुन् । त्यसैगरी , गीतको छायांकन बिरेन्द्र परियारले गरेको छन । गीतको सम्पादन / पोष्टर अनिल बिष्ट प्युठानीले गरेका हुन । श्रृंगारमा मदन न्यौपाने र सन्तोषी आचार्य रहेका छन् । ब्यबस्थापक देउ बहादुर गुरुङ रहेका छन ।उक्त गीतको नृत्यमा कृशला श्रेष्ठ , सुप्रिया खड्गी , वर्षा मानन्धर , इशा शर्मा , अाकृति पोख्रेल र राेजिता तामाङ रहेका छन् ।

    गीतको उत्पादन तथा वितरकामाअालाप स्टुडियो रहेको छ , भने दृश्य निर्माणमा जल राप्ती डिजिटल म्युजिक प्रा. लि. रहेको छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै