•            
    • sajhaonlinetv. com

    • १८ मंसिर २०७९, आईतवार ०६:३३

    नेपाली चलचित्र ‘डेसान’ को गीत ‘आइ लभ यु’ सार्वजनिक

    नेपाली चलचित्र‘डेसान’ को गीत ‘आइ लभ यु’ सार्वजनिक भएको छ। प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजु थापाको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ । कमल एक्चै मगर निर्देशन रहेको फिल्ममा नव अभिनेता, अभिनेत्रीद्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । अबको शुक्रबार अर्थात् २३ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । सामाजिक महामारीको कथाको रुपमा व्याख्या गरिएको फिल्ममा निशान र पुनमका साथमा भोला सापकोटा,नम्रता सापकोटा,कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगर लगायतको अभिनय छ । केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

    पर्फमिङ आर्ट कृयसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ । 

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै