चर्चित गायिका रचना रिमाल र गायक प्रताप दास को सुमधुर आवाज रहेको नेपाली आधुनिक गीत जुनी काट्ने मन छ को म्युजिक भिडियोको छायान्कन कार्य सम्पन्न भएको छ ।
निर्देशक सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली सङगेतिक क्षेत्रमा ख्याती प्राप्त मोडेल स्मारिका ढकाल ,दिपेन खड्का र कमल प्रसाद शर्माको अभिनय रहेको छ ।
एम बि म्युजिक रेकडिङग स्टुडियो ,सामाखुसीमा रेकड भएको गीतमा ढुन्डी राज ढकाल को शब्द , संगीत रहेको छ भने एरेन्ज ,मिक्सिङ बिपिन आचार्यको रहेको छ । जसमा निरज ओली रेकडिस्ट रहेका छन ।
मकवनपुर जिल्ला को बिभिन्न रमणिय स्थानहरु छित्लाङ , कुलेखानी मा छायान्कन रहेको म्युजिक भिडियो मा अमृत सुनुवारले छायान्कन गरेका छन ।
कोरियोग्राफी रबी सुनार र यम गुरुङ,सह निर्देशन बिकल छेत्री, स्रीङगार सुवास तिमल्सिन र सन्तोषी आचार्यको रहेको छ । अशिस्टेन क्यामेरा म्यान रन्जीत तिमल्सिना रहेका छन र ड्रोन अपरेटर बिशाल लामा रहेका छन ।











