•            
    • sajhaonlinetv. com

    • २९ मंसिर २०७९, बिहीबार ०७:५३

    गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु गलत : देव गुरुङ (महासचिव माओवादी केन्द्र)

    नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियताप्रति प्रतिकूल हुने टिप्पणी गरेका छन् । अहिले नै राष्ट्रपतिको निर्वाचन गर्ने बेला भई नसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने उनले बताए । 
    ‘राष्ट्रपतिको निर्वाचन गर्ने समय नभएकाले छलफल गर्नु सान्दर्भिक हुँदैन । अहिले मुलुकमा राष्ट्रियताकै संकट हो । राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा गर्ने विचारले हो । विचारकै आधारमा पार्टी चल्छ । मुलुकको रक्षा गर्ने अभिभारा वैचारिक रुपमा राजनीतिक पार्टीहरूले हो’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने, ‘विचारधाराबिना मुलुकको रक्षा गर्न असम्भव छ । यद्यपि राष्ट्रपति दलबाट राजीनामा दिएर स्वतन्त्र भएर हुने आफ्नै खालको मान्यता छ । राजनीतिक पृष्ठभूमि नभएर गैर राजनीतिक खालको कुरा उठेको छ । यस्तो गर्न खोज्नु राष्ट्रियता प्रतिकूलको धारणा हो ।

    गैर राजनीतिक पृष्ठभूमिको व्यक्तिलाई  राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड हुने गुरुङले बताए । दलभन्दा बाहिरबाट अराजनीतिक व्यक्ति खोज्ने कुरा आत्मसमर्णवादी धारा हो । यस्तो चिन्तन सरासर गलत हो यो मान्न सकिँदैन’ गुरुङले भने ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै