•            
    • sajhaonlinetv. com

    • २ पुष २०७९, शनिबार ०६:२७

    आधुनिक गीत “जुनी काट्ने मन छ”को म्युजिक भिडियो सार्वजनिक

    चर्चित गायिका रचना रिमाल र गायक प्रताप दासको सुमधुर आवाज रहेको नेपाली आधुनिक गीत “जुनी काट्ने मन छ”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली सङगेतिक क्षेत्रमा ख्याती प्राप्त मोडेल स्मारिका ढकाल ,दिपेन खड्का र कमल प्रसाद शर्माको अभिनय रहेको छ ।
    एम.बि म्युजिक रेकडिङग स्टुडियो ,सामाखुसीमा रेकड भएको गीतमा ढुन्डी राज ढकाल को शब्द , संगीत रहेको छ भने एरेन्ज ,मिक्सिङ बिपिन आचार्यको रहेको छ । जसमा निरज ओली रेकडिस्ट रहेका छन ।

    एम.के इन्टरटेनमेन्टको प्रस्तुती रहेको म्युजिक भिडियोमा यस बहादुर गुरुङ निर्माता रहेका छन । मकवानपुर जिल्लाको बिभिन्न रमणिय स्थानहरु चित्लाङ र कुलेखानीमा छायाङ्कन भएको म्युजिक भिडियोमा अमृत सुनुवारले छायाङ्कन गरेका छन ।
    कोरियोग्राफी रबी सुनार र यम गुरुङ,सह निर्देशन बिकल छेत्री, स्रीङगार सुवास तिमल्सिन र सन्तोषी आचार्यको रहेका छन ।अशिस्टेन क्यामेरा म्यान रन्जीत तिमल्सिना रहेका छन र ड्रोन अपरेटरसमशेर नगर्कोटी रहेका छन । उक्त भिडियो सतिस श्रेष्ठले सम्पादन गरेका छन । उक्त भिडियो एम के इन्टर टैनमेन्ट च्यानल बाट सार्बजनिक भएको छ ।

    https://www.youtube.com/watch?v=r65UXT7z7jA

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै