गायिका प्रतिमा के.सी र गायक राजन श्रेस् ठको समधुर आवाज रहेको नेपाली आधुनिक गीत “बधाई मुरी मुरी” को म्युजिक भिडियोको छायान्कन कार्य सम्पन्न भएको छ ।
सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली सङगेतिक क्षेत्रमा चर्चित मोडेल आयुश्मा कार्की, योगराज पाण्डे ,पार्बती गिरी र अनिल बि .सिको अभिनय रहेको छ भने म्युजिक भिडियोको निर्माण कमल प्रसाद शर्मा र यस् बहादुर गुरुङले गरेका छन ।
अलाङ्कार रेकडिङग स्टुडियो ,अनामनगर ,काठमाण्डौमा रेकड भएको गीतमा चन्द्र जप्रेल को शब्द ,संगीत रहेको छ भने ग्यानेन्द्र गिरी को यारेन्ज रहेको छ । जसमा रन्जन राइ रेकडिस्ट रहेका छन ।
काठमाण्डौमाको बिभिन्न रमणिय स्थानहरुमा छायान्कन रहेको म्युजिक भिडियो मा राजेश घिमिरे ले छायाङ्कन गरेका छन ।
कोरियोग्राफी यम गुरुङ,सह निर्देशन बिकल छेत्री, स्रीङगार सन्तोषी आचार्यको रहेको छ । अशिस्टेन क्यामेरा म्यान रन्जीत तिमल्सिना रहेका छन र ड्रोन अपरेटर बिशाल लामा रहेका छन ।
म्युजिक भिडियोमा मिडिया पार्टनर को रुपमा साझाअन्लाईन टि.भी , नारायणी प्रेस ,भिजन न्युज नेपाल ,समाचर कुन्ज ,थाहापाना लगाएत का मिडियाहरु रहेका छन ।












