•            
    • sajhaonlinetv. com

    • १६ पुष २०७९, शनिबार ०६:३४

    पासपोर्ट प्राप्ति सहज पार्न गृह मन्त्रालयले थाल्यो अध्ययन

    सरकारले राहदानी (पासपोर्ट) वितरण सहज बनाउन अध्ययन सुरु गरेको छ। राहदानी वितरण प्रक्रिया लामो र झन्झटिलो भएको जनगुनासो बढेपछि गृह मन्त्रालयले यसको अध्ययनका लागि विज्ञ टोली गठन गरेको हो। 

    सूचना प्रविधि विज्ञ सम्लिित चार सदस्यीय टोलीले अनौपचारिक रूपमा अध्ययन सुरु गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

    ‘टोलीले अनौपचारिक रूपमा अध्ययन गरिरहेको छ, राहदानी वितरण कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा’, प्रवक्ता पोखरेलले शनिबार बिहान नेपालखबरसँग भने।

    समिति औपचारिक रूपमा गठन नगरिएकाले कसको संयोजकत्वमा भन्ने कुरा अहिले नभएको उनको भनाइ छ। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै