नेपाली चलचित्र ‘ऐश्वर्या’ बाट डेब्यु गरेकी मोडेल तथा नायिका दिपिका प्रसाइ यतिबेला अष्ट्रेलियाको राजाधानी सिड्नी र त्यहाँको हायम्स समुन्द्र तटमा रमाइरहेकी छिन् । दीपिका तस्वीरमा निकै हट एण्ड स्मोकी देखिएकी छन् ।

हरियो रङको पहिरनमा उनले चिसिंदै गएको मौसमलाई चुनौती दिएको देख्न सकिन्छ । कामको कुरा गर्दा दीपिकाले ‘ऐश्वर्या’पछि ‘छक्कापञ्जा ३’ र ‘हेल्लो जिन्दगी’मा काम गरेकी छन् । दीपिका र दिवाकर होमप्रोडक्सन फिल्म निर्माणको तयारीमा छन् ।











