•            
    • sajhaonlinetv. com

    • २१ पुष २०७९, बिहीबार १५:४९

    स्ववियु चुनावको तयारीमा लाग्न अखिल क्रान्तिकारीलाई प्रधानमन्त्री दाहालको निर्देशन

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लाई त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले बिहीबार अखिल (क्रान्तिकारी) का पदाधिकारी बैठकलाई सम्बोधन गर्दै स्ववियु चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

    अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीका अनुसार प्रचण्डले सरकार जनमुखी हुने प्रयासमा लागि रहेको भन्दै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका थिए ।

    प्रचण्डले आफ्नो प्रधानमन्त्रीको तेस्रो कार्यकालमा उल्लेख्य काम गर्ने लक्ष्य रहेको भन्दै गलत काम र प्रवृत्तिको आलोचना गर्नुपर्ने बताए ।

    त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव ५ चैतमा सम्पन्न गर्ने गरी स्ववियू निर्वाचनको मिति प्रस्ताव गरेको छ । यद्यपि, यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ ।

    यस्तै क्रान्तिकारीको पदाधिकारी बैठकमा प्रचण्डले संगठनमा असन्तुष्ट रहेको पक्षलाई समेत सहमतिमा ल्याएर अघि बढ्नु पर्ने बताएका छन् । ‘हामी वृहत्त वाम एकताको विषयलाई बोकेर हिँडेका छौँ । निकट भविष्यमा त्यसले एउटा आकार लिनेछ । यसमा हाम्रै संगठनभित्र रहेका असन्तुष्ट पक्षलाई पनि समेटेर लैजानुपर्छ,’ प्रचण्डले बैठकमा राखेको भनाइ उदृत गर्दै उपाध्यक्ष मैनालीले साझा आनलाइन टिभीलाई बताए, ‘त्यसमा सबै एक ठाउँमा उभिन उहाँको निर्देशन थियो ।’

    प्रचण्डले क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह भएको भन्दै सबैलाई मिलाएर लैजाने जिम्मेवारी पनि उनकै भएको बताए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै