२२ पुस, काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद संसद भवन सिंहदरबारमा सुरु भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ ।










