निर्देशक सबिन कुमार तोलाङ्गीको निर्माण तथा निर्देशन रहेको आधुनिक गीत “बधाई मुरी मुरी” गीतको म्युजिक भिडियोको पोस्टर सार्वजनिक भएको छ । ।
गीतकार तथा चलचित्र निर्देशक सबिन कुमार तोलाङ्गीको निर्माण तथा निर्देशन रहेको आधुनिक गीत “बधाई मुरी मुरी” गीतको फिमेल भर्षणको म्युजिक भिडियोको पोस्टर सार्वजनिक भएको छ । उक्त गीत मेल र फिमेल दुवै भर्षणमा छायांकन गरिएको जानकारी निर्देशक तोलाङगीले दिए ।
अलांकार रेकडिंग स्टुडियो अनामनगरमा रेकड गरिएको गीतको यारेन्ज ग्यानेन्द्र गिरी र चन्द्र जप्रेलको संगित रहेको आधुनिक गीत बधाई मुरी मुरी गीतमा यारेन्ज ग्यानेन्द्र गिरी,शब्द चन्द्र चप्रेलको रहेको छ भने मिक्सीङ तथा रेकडीङ रन्जन राईले गरेका छन् ।

भिडियोमा अभिनय चर्चित टिकटकर योगराज पाण्डे ,आयुस्मा कार्की ,पार्वती गिरी र अनिल बिसीको रहेको छ भने उक्त भिडिायोमा चर्चित सिनेमाटोग्राफर राजेश घिमिरेले छायांकन गरेका छन् ।
भिडियोको निर्माण कलम प्रसाद शर्मा र यस बहादुर गुरुङले गरेका छन् । जसमा मुख्य सहायक निर्देशक बिकल क्षेत्री, क्यामेरा सहायक रन्जित तिमिल्सीना, प्रोडक्सन म्यानेजर देउ बहादुर गुरुङ,म्याकप आर्टिस्ट सिता मगर र सन्तोषी आर्चाय रहेका छन भने ड्रोन अपरेटर समशेर नगरकोटी रहेका छन् ।
म्युजिक भिडियोको भिडियो सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन भने पोस्टर डिजाइन शतिस श्रेष्ठले गरेका छन् ।










