प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको साक्षात्कारमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दूतावासले समन्वय गरिरहेको छ। भारत भ्रमण चाँडै हुन्छ।
प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पहिलोपटक सम्पादकहरूसँग छलफल गरेका हुन्। उनले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाइसक्ने, राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि कांग्रेसहितको सहमति खोज्ने प्रयासमा आफू लागेको पनि बताए।










