•            
    • sajhaonlinetv. com

    • १ माघ २०७९, आईतवार ०८:२५

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

    मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो ।

    पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सो विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको एक मन्त्रीले जानकारी दिए ।

    मन्त्रिपरिषदको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै