•            
    • sajhaonlinetv. com

    • २ माघ २०७९, सोमबार ०८:००

    पोस्टमार्टमको लागी काठमाडौंबाट दुई जना फारेन्सिक विज्ञ पोखरा पुगे

    यती विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फारेन्सिक विज्ञ पोखरा पुगेका छन्। दुर्घटनामा परेको ६८ जनाको  शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ। जसमध्ये ३८ जनालाई पहिचान भइसकेको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले जाानकारी दिए। 

    उनका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा। समारिका दाहाल पोखरा पुगेका हुन्।

    प्रतिष्ठानमा पाँच जनाको फोरेन्सि टिक रहे पनि दुर्घटनामा मृत्यु भएकाको पहिचान पोष्टमार्टमका लागि राष्ट्रिय टिम बनाइनुपर्ने भएकाले काठमाडौंबाट पनि डाक्टर सहभागी भएको उनले जानकारी दिए।

    दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै