•            
    • sajhaonlinetv. com

    • ९ माघ २०७९, सोमबार ०६:३९

    अभिनेता दयाहाङ र मिरुनाकाे फिल्म ‘जारी’ वैशाखमा प्रदर्शन हुने

    अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

    सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म आगामी वैशाख १ गतेदेखि प्रदर्शन हुनेछ। 

    सार्वजनिक पोस्टरमा दयाहाङ र मिरुनालाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनीहरू दुवै गम्भीर मुद्रामा देखिएका छन्। 

    फिल्म लिम्बु समुदायको प्रेमकथामा आधारित छ जसमा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइनेछ। 

    उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्। 

    बासुरी फिल्म्स ब्यानरकाे फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। 

    यसअघि अभिनेता दयाहाङ र मिरुना ‘कबड्डी ४’ मा एकसाथ देखिएका थिए। उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो। 

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै