•            
    • sajhaonlinetv. com

    • १० माघ २०७९, मंगलवार ०६:५५

    सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ६ हजारमा कारोबार

    सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा छापावाला सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको हो।

    सोमबार १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उच्च मूल्यमा कारोबार भएको छ। महासंघका अनुसार यसअघि सुनको सबैभन्दा धेरै मूल्य गत वर्ष फागुनमा प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको थियो।

    अहिले सुनको मूल्यले त्यो रेकर्ड पनि  तोडेको हो। 

    चाँदीको मूल्य भने घटेको छ। सोमबार १ हजार ३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा मंगलबार १ हजार ३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै