•            
    • sajhaonlinetv. com

    • ११ फाल्गुन २०७९, बिहीबार १२:३९

    सबिन कुमार तोलाङ्गी द्धार निर्देशित आधनिक गीत “बधाई मुरी मुरी”को म्युजिक भिडियो सार्वजनिक ।

    सबिन कुमार तोलाङ्गीको निर्देशनमा बनेको नेपाली आधुनिक गीत “बधाई मुरी मुरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
    सबिन कुमार तोलाङ्गीको निर्देशन रहेको नेपाली आधुनिक गीत “बधाई मुरी मुरी” को म्युजिक भिडियो फिल्मी संसार युटुभ च्यानल बाट आज सार्वजनिक भएको छ । जसमा चर्चित मोडल योगराज पाण्डे र आयुष्मा कार्कीले मुख्य अभिनय गरेका छन । साथै उक्त भिडियोमा पार्वती गिरी ,अनिल बि.सि र अन्जिल जंग कुँवार क्षेत्रीको समेत अभिनय रहेको छ । उक्त म्युजिक भिडियो काठमाण्डौको बिभिन्न सुन्दर स्थानहरुमा छायांकन गरिएको छ ।
    कमल प्रसाद शर्मा र यस बहादुर गुरुङको निर्माण रहेको म्युजिक भिडियोमा चर्चित सिनेमाटोग्राफी राजेश घिमिरेले गरेका छन भने भिडियो सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।
    मुख्य शाहेक निर्देशन बिकल क्षेत्र, मुख्य शाहेक सिनेमाटोग्राफी रन्जित तिमिलसिना, प्रोडक्सन म्यानेजर भुवन श्रेष्ठ र देउ बहादुर गुरुङ, श्रींगार सन्तोषी आर्चाय र सिता मगर, घिडियो सम्पादन तथा पोस्टर डिजाईन सतिस श्रेष्ठले गरेका छन् ।
    अलांकार रेकडीङ स्टुडियोमा रेकड गरिएको गीतमा चन्द् जर्पेलको शब्द, ग्यानेन्द्र गिरीको संगित तथा यारेन्ज रहेको छ भने गायिका प्रतिमा केसीको सुमधुर आवजमा रहेको छ । जसमा रञ्जन राईले मिक्सीङ र रेकडीङ गरेका छन् ।

    सम्बन्धित खवर

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै