•            
    • sajhaonlinetv. com

    • १६ फाल्गुन २०७९, मंगलवार ११:४३

    अभिनेता शाहलाई स्वागत गर्न विमानस्थल पुगे गायक राजेश पायल राई

    चर्चित गायक राजेश पायल राई अभिनेता पल शाहको स्वागत गर्न त्रिभुवन विमानस्थलमा पुगेका छन् । अभिनेता शाह मंगलवार पोखरा बाट काठमाडौँ आएका हुन् । 

    सो क्रममा गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरुमा अभिनय गरेर अघि बढ्न सुझाव दिए । उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने अभिनय गर्न सुझाव दिए ।

    उनले भने, ‘नेपाली माटो परिवेशकै कथाहरु नै ज्यादातर महत्व दिएभने त्यो उनको लागि पनि राम्रो र हाम्रो लागि पनि राम्रो कुरा हो । उनले नेपाली माटोको कथा बोकेको चलचित्रमा नै काम गर्नेछन् । गीतसंगीत पनि त्यही प्रकारको गर्नेछन् । भाइरल भन्दापनि नेपाली गीत, संगीत उद्योगलाई टेवा पुग्ने काममा नै लागि पर्नेछन् ।’

    सोमवार तनहुँको कारागारबाट छुटेपछि पोखरा पुगेका अभिनेता शाह आज काठमाडौँ आएका हुन् ।  काठमाडौँ आउने क्रममा फ्यान र सिने पत्रकारहरुले घेर्दा विमानस्थलको आन्तरिक टर्मिनल भवनबाहिर अस्तव्यस्त भएको थियो ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै