ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका वार्ड नम्वर ३ ,दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठसहित दुई जना छन् ।
ना.१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको ओखलढुङ्गाका डिएसपी दीपक केसीले साझा अनलाइन टि.भी लाई बताए । दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । अरू गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरबाट उद्धार भइरहेको केसीले जानकारी दिए ।
सुमन कार्कीले चलाएको जिप दुर्घट्ना हुँदा भक्त बहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री घाइते भएका छन् ।










