चर्चित गायिका रचना रिमालको समधुर आवज रहेको गीत “आँसु” को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
मिरा तिमिल्सिनाको रचना तथा निर्माण रहेको म्युजिक भिडियोको निर्देशन सबिन कुमार तोलाङगीले गरेका छन् । जसमा चर्चित मोडल आयुस्मा कार्की,रेशम गुरुङ, दिनेश सिग्देल ,बरुण तिमिल्सिना ,सन्तोषी आचार्य, संगिता अधिकारी ,नवराज अधिकारी ,कमल प्रसाद शर्मा,मिरा तिमिल्सीना र अजय रोका लगायत कलाकारको अभिनय रहेको छ ।
काठमाण्डौको गागलभेदीको बिभिन्न रमणीय स्थानहरुमा छायांकन भएको म्युजिक भिडियोमा छायांकन प्रकाश खड्काले गरेका छन् भने मुख्य सहयाक निर्देशन कमल प्रसाद शर्मा, सह निर्देशज बिकल क्षेत्र, कोरियोग्राफी याम गुरुङ, ब्यवस्थापन देउ बहादुर गुरुङ, श्रींगार सन्तोषी आचार्य ,सहयाक क्यामेरा रञ्जित तिमिल्सिना, ड्रोन अपरेटर आयुस पोखरेको रहेका छन् ।
आलप स्टुडियोमा रेकड गरिएको गीतमा रामजी राणाभाटको संगित रहेको छ भने यारेन्ज÷मिक्सीङ झलक संगितमको रहेको छ ।
गीतकार तथा निर्माता मिरा तिमिल्सीनाकाले साझा अनलाइन खवरलाई बैशाखको पहिलो सातामा भिडियो सार्वजनिक गर्ने जानकारी दिइन् ।