•            
    • sajhaonlinetv. com

    • ४ बैशाख २०८०, सोमबार १६:५१

    टेलि चलचित्र “चेतना” को नयाँ भाग छायांकन सम्पन्न

    सबिन कुमार तोलाङ्गीको कथा/लेखन/निर्माण र निर्देशिन रहेको टेलि चलचित्र “चेतना” को नयाँ भाग छायांकन सम्पन्न भएको छ ।
    टेलिचलचित्र “चेतना” को नयाँ भागमा चर्चित मोडल आयुस्मा कार्की ,दिनेश सिग्देल, कमल प्रसाद शर्मा, अजय कुमार रोका र संगिता अधिकारीको अभिनय रहेको छ ।

    ईश्वरी प्रसाद अधिकारीको प्रस्तुती रहेको टेलि चलचित्र “चेतना”मा कार्यकारी निर्माता कमल प्रसाद शर्मा रहेका छन भने प्रदिप अधिकारी र यश बहादुर गुरुङ निर्माता रहेका छन् ।
    प्रकाश खड्काको छायांकन रहेको टेलि चलचित्र “चेतना”मा रञ्जित तिमिल्सीना सहायक छायांकार रहेका छन् । सहाएक निर्देशक बिकल क्षेत्री रहेका छन् । त्यस्तै गरि ब्यावस्थापकमा देउ बहादुर गुरुङ र ड्रोन अपरेटर आयुस पोखरेल रहेका छन् । सिंगार सन्तोषी आचार्य र अञ्जु भुजेलको रहेको छ ।

    लेखक तथा निर्देशक तोलाङगीले नयाँ भागमा युवा खाडीमा पलाएन हुनु पर्ने अवस्था र जातिय छुवाछुतको बिषयलाई उठानन गरिएको जानकारी दिए ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै