•            
    • sajhaonlinetv. com

    • ५ बैशाख २०८०, मंगलवार ०३:५१

    प्रधानमन्त्री पुष्पकमल दाहाल वैशाख १५ भारत भ्रमण गर्ने

    प्रधानमन्त्री तथा ने क पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख १५ देखि तीन दिन भारत भ्रमण गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको योजनाअनुसार अघि बढे प्रधानमन्त्री दाहाल १५ गते बिहान दिल्लीतर्फ उड्ने सरकारी स्रोतले जनाएको छ । तेस्रो पटक प्रधानमन्त्री भएका दाहालको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो । 

    माओवादी अध्यक्ष दाहाल गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्री भएको पर्सिपल्टै दाहालले एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । यसबीचमा ‘बोआओ फोरम फर एसिया’ का लागि बेइजिङबाट निम्तो आउँदा पनि दाहाल सहभागी हुन गएनन् । बोआओ सम्मेलन चैत १४ देखि १७ सम्म चीनको हेनान प्रान्तमा भएको थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै