•            
    • sajhaonlinetv. com

    • ७ बैशाख २०८०, बिहीबार ०१:४८

    पोखरामा सिरिज ‘ब्रह्माण्ड’ को छायांकन सुरू

    कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोज पोखराले बनाउन लागेको सिरिज ‘ब्रह्माण्ड’ को छायांकन सुरू भएको छ।

    मंगलबार पोखरास्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्ट, सुप्रज्ञा शर्मा र सञ्जय ढुंगानालगायत कलाकारको अभिनय रहनेछ। कान्तिपुर फिल्म एकेडेमीका सुप्रज्ञा र सञ्जय यसै सिरिजबाट डेब्यु गर्दैछन्।

    यो सिरिज ८ एपिसोडमा निर्माण हुने बताएको छ। 

    रियाज नाटक्कारले निर्देशन गरिरहेको सिरिजको कार्यकारी निर्माता सागरराज आचार्य हुन्। सिरिजलाई पुरूषोत्तम प्रधानले छायांकन गर्दैछन्। 

    फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केल मै सबै भन्दा ठुलो सिरिज निर्माण गरेको दाबी छ। यो सिरिजलाई नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लेटफर्मसँगै भारतको एउटा ठूलो ओटिटी प्लेटफर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुनेछ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै