•            
    • sajhaonlinetv. com

    • १२ बैशाख २०८०, मंगलवार १२:४९

    रविको प्रभाव सहर देखि गाउँसम्म फैलियो ।

    रवि लामिछानेको प्रभाव सहर देखि गाउँसम्म फैलिएको छ । चितवन–२ मा हिजो भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

    ४ मंसिरको चुनावमा सबभन्दा धेरै मतान्तरले सांसद चुनिएका लामिछाने अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता लिने प्रकृया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका थिए । तर पुनः नेपाली नागरिकता लिएपछि १० वैशाखको उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछाने अघिल्लो पटकभन्दा बढी अर्थात कुल खसेको मतको ६८ प्रतिशतभन्दा बढी मतका साथ फेरि अनुमोदित भए ।

    जबकी यो क्षेत्रमा ४ मंसिरको चुनावमा भन्दा उपनिर्वाचनमा कम मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार ७८ हजार ६६४ मत खसेकामा लामिछानेले ५४ हजार १७६ का साथ निर्वाचित भए । पाँचदलीय गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले जम्मा ११ हजार २१४ मत ल्याउन सके । लामिछाने र श्रेष्ठ बीचको मतान्तर ४२ हजार ९६२ छ ।

    एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । अन्य १९ जना उम्मेदवारको जमानत जफत भयो । अघिल्लो निर्वाचनको भन्दा झण्डै ६ हजार मत कम खस्दा पनि अरु दलको मत घटेको छ भने रविको बढेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै