गायिका माया पार्धे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोक गीत “सोल्टी सोल्टिनी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका माया पार्धे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोक गीत “सोल्टी सोल्टिनी” को म्युजिक भिडियो माया पार्धेको अफिसिएल युटुभ च्यानल माया पार्धे बाट आज सार्वजनिक भएको हो । उक्त गीतको शब्द, संगित गायक दिनेश क्षेत्रीको रहेको छ ।
मारुनी डिजिटल स्टुडियोमा रेकड गरिएकोे गीतको यारेन्ज,मिक्सी डोलराज बर्घरेले गरेका छन् भने रेकडीङ कुमान राणा र सुमन राणाले गरेका छन् ।
राजु खड्को निर्माण रहेको उक्त म्युजिक भिडियोमा चर्चित मोडल तथा हास्य कलाकार सागर लम्साल (बले) र अनु पराजुलीले अभिनय गरेका छन् भने पुनाम श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा करण चैसीरले छायांकन गरेका छन भने भिडियो सम्पादन राजकुमार बगरले गरेका छन् ।










