•            
    • sajhaonlinetv. com

    • १९ बैशाख २०८०, मंगलवार ०२:१३

    प्रत्येक भ्रष्टहरूलाई  कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

    प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सबैभन्दा भ्रष्ट तत्वहरू नै भ्रष्टाचारका विरूद्ध बोलेको देख्दा अनौठो लागेको छ । अब प्रत्येक भ्रष्टहरूलाई  कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।

    सोमबार काठमाडौंमा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको ८ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बढी भ्रष्टाचार गर्नेहरू नै  सुशासनका कुरा गरेको देख्दा अनौठो लाग्ने बताएका हुन्।

    उनले वर्तमान सरकार र आफू नेतृत्वको पार्टी नै साँचो अर्थमा सुशासनको पक्षमा रहेको बताए। 

    निर्वाचनको घोषणापत्रमा नै  आयोग बनाएर ०४८ साल यताका सबै भ्रष्टहरूको छानविन सुरू गर्ने भनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यो आयोग छिट्टै गठन हुने बताए।

     ‘छिट्टै त्यो आयोग गठन गर्न पहल गर्ने र प्रत्येक भ्रष्टहरूलाई  कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने।

    उनले आफू नेतृत्वको सरकार र पार्टीले भ्रष्टाचारका विरूद्ध बढी बोल्यो, सामाजिक न्याय र सुशासन विकासलाई केन्द्रित गर्न थाल्यो भनेर विरोधी तत्वहरू सल्बलाएको बताए।

    ‘इतिहासका कुनाकर्कडमा मिल्काइएका सामन्तका छाउराहरू बाहिर आएको देख्नुभएको छ? इतिहासले फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरू पनि उठेर,अझ पूर्वबाट रे। मेचीबाट रे,’ प्रधानमन्त्री प्रचण्डले भने।

    आफूले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएर त्यसको जवाफ दिएको प्रधानमन्त्रीले बताए। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै