काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सबै नेता चोर भएको टिप्पणी गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाट्स लेख्दै मेयर साहले नयाँ पुरा सबै नेताहरू चोर भएको टिप्पणी गरेका हुन् ।
उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर साहले लेखेका छन्, ‘नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’
पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए । उनले नेताहरुको विरोध गर्दै सिंहदरबारको फोहोर समेत उठाएका थिएनन् । बालेन ले सामजिक सन्जाल म तेस्तो टिप्पनी गरे पछी नकरात्मक र सकरात्मक दुबै प्रकार को प्रतिकृया आएको छ ।










