•            
    • sajhaonlinetv. com

    • १५ चैत्र २०७८, मंगलवार ०४:४३

    माओवादीद्धारा आक्रमणमा परेकी बस्नेत अझै अस्वस्थ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी कार्यकर्ताद्धारा आक्रमणमा परेकी ईश्वरी बस्नेत अझै पूर्णरुपमा स्वस्थ हुनु सकेकी छैनन् ।
    नेपाली कांग्रेसका कार्यकर्ता दिप ज्योति कार्कीकी श्रीमती ईश्वरी बस्नेतलाई २०७८ माघ २९ गत माओवादी कार्यकर्ताले मरणसन्ना हुने गरि कुटपिट गरेका थिए । केही समयको हस्पीटलको बसाई पश्क्षात डिस्चार्ज भएकी थिइन् । आक्रमणमा परेको डेढ महिना हुँदा पनि उनी राम्रो सँग हिड्न सकेकी छैनन् । उनको जोरपाटी स्थीत नेपाल मेडीकल कलेजमा उपचार भएको थियो ।
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका नेता प्रकाण्ड र क्रान्तिको नेतृत्वमा आएका हिस्रक समुहले यही माघ २९ गते रातको करिब १ बजे तिर बस्नेतको माकलवारी स्थित आफ्नै घरमै आई निज बस्नेतको श्रीमान दिप ज्योति कार्कीलाई बिदेशबाट बोलाएर पुलिस केस फिर्ता गर्न नलगाएको, माओवादीको दिएको निर्देशन नमानेको भन्दै आक्रमण गरेको कुरा बस्नेतकी जेठानी कुमारी गुरुङले बताइन ।
    स्थानीय समाजसेवी कमल खड्का अनुसार यस अघि पनि यही समुहले बस्नेतका श्रीमान दिप ज्योति कार्कीको राजनैतिक बिचार र आस्था फरक भएकै आधारमा सांगातिक आक्रमण गरि ज्यान लिने प्रयास गरेका कुरा बताए ।्
    सो घट्नालाई पुष्टी गर्दै परिवारका श्रोतका अनुसार आक्रमण पछि कार्कीले सुरक्षाको माग गर्दै आक्रमणकारी नाम सहित किटानी जाहेरी दिएका थिए । प्रहरीमा किटानी जाहेरी गरे सँगै सो समुहले कार्कीको खोजतलास गर्न थालेको तर कार्की सुरक्षाको कारण बिदेशमा रहन बाध्य भएको छन् । कार्की बिदेशमा भएतपनि उनको परिवारका सदस्यहरुमा डर र धम्की दिन छोडेका थिएनन । निरन्तर दबाब र धम्की दिइरहदा पनि कार्कीका परिवारले प्रहरीमा दिएको किटानी सहितको उजुरी फिर्ता लिएका थिएनन् । उजुरी फिर्ता नलिएको भन्दै उनिहरुले कार्कीको श्रीमती इश्वरीबस्नेत माथिको आक्रमण गरेका हुन । बस्नेत माथिको आक्रमण उनिहरुको प्रतिशोधको पराष्ट हो ।
    प्रहरीमा नाम सहित किटानी जाहेरी दिदा पनि उनिहरुलाई प्रक्राउ गर्न सकेको छैन भने राजनैतिक शक्तिको आडमा यसरी निरन्तर आतंककारी गतिबिधि गर्दै आएका छन् । प्रहरीले पनि राजनैतिक शत्ति केन्द्र सँग जोडिएका मानिसहरुलाई पक्रन त्यति चासो नदिएको देखिन्छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै