•            
    • sajhaonlinetv. com

    • २२ बैशाख २०८०, शुक्रबार ०४:४०

    सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँ

     प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिने भएको छ ।

    आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । 

    गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

    प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो ।

    सत्तारुढ गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार प्रदान गरेको छ ।  

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै