•            
    • sajhaonlinetv. com

    • २३ बैशाख २०८०, शनिबार ०२:०९

    सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै

    काठमान्डौ सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि आइतबार देखि सुरु हुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक भोलि भोली बस्ने भएको हो । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् ।  प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै