•            
    • sajhaonlinetv. com

    • २६ चैत्र २०७८, शनिबार ०५:१०

    बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढ्यो ।

    काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लाहरुमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।

    २०७९ बैशाख १ गते देखी लागु हुने गरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले भाडा वृद्धि गर्ने निर्णय गरिएको हो ।

    समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

    नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

    यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

    पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै