नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्न बनाइएको कार्य तालिका तत्कालका लागि स्थगित गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएकाले पार्टी कार्यालयमा हुने भेटघाट तत्काल स्थगित गरिएको हो ।
माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डसहित पाँच मन्त्री र सल्लाहकार एवम् विज्ञलाई नियमित पार्टी कार्यालय पुगेर भेट्ने कार्य तालिका बनाएको थियो । गत आइतबारदेखि जेठ १५ गतेसम्म प्रधानमन्त्री सहित मन्त्रीको भेटघाट बन्द गरिएको पार्टी महासचित देव प्रसाद गुरुङले बताए । बताए । ‘अहिले बजेट निर्माण गर्ने चटारो छ । प्रधानमन्त्रीसहित मन्त्रीलाई भेट्ने कुराकानी गर्ने फुर्सद समेत छैन’ उपाध्यायले भने, ‘त्यसैले जेठ १५ गतेसम्मका लागि भेटघाट बन्द गरेका छौं । अब जेठ १६ गतेदेखि नियमित कार्य तालिका बमोजिम भेटघाटलाई निरन्तरता दिन्छौँ ।’ यदि अति आवश्यक काम भए प्रधानमन्त्री र मन्त्रीलाई सिंहदवारमा पुगेर भेट्न सकिन्छ ।










