ग्लोबल फिल्मको अन्तर्राष्ट्रियकरणको चर्चाबीच पछिल्लो समय डायस्पोरामा फिल्म गतिविधि ब्यापकरुपमा आयोजना भैरहेका छन् । यस्तोमा, नेपाली क्यालेण्डरअनुसार साउन २७ गते (अगस्ट १२)मा अमेरिकाको न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करण आयोजना हुने भएको छ ।
अवार्डको मूल नारा नै ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ तय गरिएको छ । न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा अवार्ड आयोजना हुन लागेको होस्ट अर्गनाइजर संस्था ड्रीम्स युनिभर्सल एलएलसीका अध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिए ।