माण्डबी त्रिपाठी र राजान श्रेष्ठको समधुर आवज रहेको “चोली स्याइदिउला” गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । जसमा चर्चित मोडल स्मारिका ढकाल र दिपेन खड्काले अभिनय गरेका छन् । काठमाण्डौको सुन्दर ,पर्यटकिए क्षेत्र जर्सिङपौवामा छायांकन भै रहेको थियो । मोडल दिपेन स्मारिकालाई फकाइरहेको थिए । दुवै जनाको निकै सुन्दर क्यामेष्टी देखिन्थ्यो । यस्तो लाग्थ्यो उक्त गतिबिधि कुनै एउटा म्युजिक भिडियोको छायांकन नभएर वास्तविक जिवनमै उक्त जोडी प्रेममा रहेका छन् ।
सबिन कुमार तोलाङगीको निर्देशन रहेको उक्त म्युजिक भिडियो काठमाण्डौको सुन्दर स्थान जर्सिङपौवामा छायांकन भएको छ । जसमा निर्माण कमल प्रसाद शर्मा,कोरियोग्राफी प्रबिन थापा,छायाकन बिरेन्द्र परियार,सह–निर्देशन बिकल क्षेत्री, श्रींगारमा सरिता भारती र सन्तोषी आर्चाय र ब्यवस्थापक भुवन श्रेष्ठ रहेका छन् ।
बसन्त घिमिरेको शब्द रहेको उक्त गीतमा भगवन भुजेलको संगित रहेको छ भने रेकडीङ ,यारेन्ज,मिक्सीङ बिपिन आचार्यको रहेको छ । उक्त गीत एमबि रेकडीङ स्टुडियो,सामाखुसीमा रेकड गरिएको हो ।
मोडल दिपेन खड्काका अनुसार यही साता फिल्मी संसार युटुभ च्यानल बाट म्युजिक भिडियो सार्वजनिक हुने जानकारी दिए ।










