•            
    • sajhaonlinetv. com

    • १ भाद्र २०८०, शुक्रबार १६:४२

    महँगीले जनाताको ढाड सेक्दै ,सरकार मुखदर्सक किन ?

    काठमान्डौ ,महँगीले जनाताको ढाड सेक्दै गएको छ तर सरकार मुखदर्सक भएर बसिरहेको छ किन ? प्रचन्ड सरकार के गरेर बसिरहेको छ ? कालोबजारी बढिरहेको छ, जनाताको चुलो बल्ल निकै मुस्किल परी रहेको छ । पेट्रोलियम पदार्थको मुल्य किन बढी रहेको छ ? राज्य जनाता प्रती कहिले जिम्मेवार बन्ने ?
    नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७९–८० मा उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको भन्दा १.१२ प्रतिशतको विन्दुले बढेको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जम्मा ६.३२ प्रतिशत रहेको मुद्रास्फीति आर्थिक वर्ष २०७९–८० को अन्तसम्ममा ७.७४ प्रतिशत पुगेको जनाएको छ ।
    शुक्रवार गत आर्थिक वर्षको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैङ्कले नेपाल र भारतको मुद्रास्फीति बराबरको स्थितिमा रहेको जनाएको छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको मुद्रास्फीति ९.२३ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।
    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ८.६५ प्रतिशत रहेको छ । २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति
    आर्थिक वर्ष २०७९–८० मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति .६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ५.६९ प्रतिशत रहेको थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ६.८९ प्रतिशत रहेको थियो ।
    आर्थिक वर्ष २०७९–८० मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८.६२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । २०८० असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४८ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९.०३ प्रतिशत रहेको थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै