•            
    • sajhaonlinetv. com

    • ४ भाद्र २०८०, सोमबार १७:०५

    दिपेन खड्का र स्मारिका ढकालको अभिनय रहेको ‘चोली स्याइदिउँला’गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियाेसहित)

    गायिका माण्डबी त्रिपाठी र गायक राजान श्रेष्ठको समधुर आवाज रहेको ‘चोली स्याइदिउँला’ गीतको म्युजिक भिडियो सार्वजकिन भएको छ ।
    सबिन कुमार तोलाङ्गीको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित मोडल स्मारिका ढकाल र दिपेन खड्का लगायकाे अभिनय गरेका रहेकाे छ । दिपेन खड्का र स्मारिका ढकाल दुबैको निकै सुन्दर अभिनय गरेका छन् । गितमा कला,प्रबिधी र बिचार उच्च तम सम्योजन देखिन्छ । उक्त म्युजिक भिडियो काठमाडौंको सुन्दर स्थान जर्सिङपौवामा छायांकन गरिएकाे हाे । उक्त गीतमा बसन्त घिमिरेको शब्द र भगवन भुजेलको संगीत रहेको छ । उक्त गीतको एरेन्ज, रेकर्डिङ तथा मिक्सिङ्ग बिपिन आचार्यको रहेकाे छ । उक्त गीत एमबि रेकर्डिङ स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको हो ।

    कमल प्रसाद शर्मा को निर्माण रहेको म्युजिक भिडियोको कोरियोग्राफी प्रबिन थापाले गरेका छन भने उक्त गीतको छायांकन बिरेन्द्र परियारले गरेका हुन् भने सह – निर्देशनमा बिकल क्षेत्री रहेका छन । श्रींगारमा सरिता भारती साथै सन्तोषी आर्चाय रहेका छन् , भने व्यवस्थापक भुवन श्रेष्ठ रहेका छन । उक्त गीतको भिडियाे ‘ फिल्मी संसार ’ युटुब च्यानलबाट म्युजिक भिडियो गरिएकाे छ । उक्त गीतको मिडिया संयोजकमा निराज रानाभाट रहेका छन । जसमा मिडिया पार्टनरमा जन अपडेट, थाहापाना, नारायणी प्रेस, द नारायणी पोष्ट, , भिजन न्यूज नेपाल, कृृषि खबर, चित्रवन खबर, भानु खबर र साझा अनलाइन टिभी अनलाइन मिडियाहरु रहेका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै