काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे पृथ्वी राजमार्ग बाट त्रिशूली नदीमा खसेको हो।
एसपी मिश्रले आफू पनि त्यस ठाउँमा जाँदै गरेको र थप विवरण आउन केही समय लाग्ने जानकारी दिए।
दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।










