•            
    • sajhaonlinetv. com

    • ८ भाद्र २०८०, शुक्रबार १७:२५

    प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष(प्रचण्ड) चीन भ्रमणमा जाँदै

    प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चीन भ्रमणमा जाँदै छन् । असोज पहिलो साता हुने प्रधानमन्त्रीको चीन भ्रमणका सम्झौता तथा सहमतिका एजेण्डाहरूको समेत तयारी भइरहेको छ।
    जसमध्येको एउटा सम्भौता दमकस्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा समेत हुने भएको छ। जसको लागि नेपालले तयारीसमेत अघि बढाएको छ।
    भ्रमणको क्रममा नै औद्योगिक पार्कको परियोजना विकास सम्झौता गर्ने तयारी भएको हो।
    चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदाको काम सुरु गरिएको छ। आज अर्थात् शुक्रबार बसेको लगानी बोर्डको बैठकले पीडीएको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको हो।
    बोर्डका सीइओ भट्टका अनुसार तत्कालका लागि अन्तिम मस्यौदा तयार गर्ने निर्णय भएको छ।
    यो पार्कको शिलन्यास भने भइसकेको छ। तीन वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन नेपाल मैत्री औद्यागिक पार्क शिलन्यास गरेका थिए।
    उनले ५ वर्षमा नै निर्माण सम्पन्न हुने भनेपनि अहिलेसम्म पीडीए पनि भएको छैन।
    यो पार्क चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत निर्माण हुने भनिएको छ।
    तर यो पार्कको लागि लगानी स्वीकृति भने लगानी बोर्डले गरिसकेको छ।
    १६ असोज २०७६ मा लगानी बोर्डले चिनियाँ कम्पनीसँग पार्क निर्माण सम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको थियो।
    त्यस लगत्तै लगानी बोर्डले ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीलाई पार्कका लागि ६४ अर्ब रुपैयाँ भित्र्याउन स्वीकृति प्रदान गरेको थियो।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै