•            
    • sajhaonlinetv. com

    • ९ भाद्र २०८०, शनिबार ०६:०२

    वाग्मती र्‍याफ्टिङ,थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा

    नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा),नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपन्डोलको आयोजनामा शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरिएको छ ।
    नाराका अध्यक्ष शिव अधिकारीका अनुसार प्राकृतिको सुन्दरता कायम राख्न र संरक्षणबारे उपत्यकावासीलाई चेतना जगाउने उद्देश्य राखेर भएको यो २२औं जलयात्रा हो । ललितपुरको कुपन्डोलस्थित वाग्मती पुलबाट सुरु भएको जलयात्रामा १७ वटा बोट सहभागी थिए । जलयात्रामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, वातावरणविद्लगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए । सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको वाग्मती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनीयाममा जलयात्रा महोत्सव गर्दै आएको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै