•            
    • sajhaonlinetv. com

    • १२ भाद्र २०८०, मंगलवार १७:१३

    सविनकुमार तोलांगीको निर्माण ,लेखन तथा निर्देशन रहको चलचित्र ‘ह्वाइट हाउस’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित

    सविनकुमार तोलांगीको निर्माण ,लेखन तथा निर्देशन रहको चलचित्र ‘ह्वाइट हाउस’मा चर्चित अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् ।
    यो फिल्ममा यसअघि रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्धित भइसकेका छन् । आँचल शर्मा उक्त चलचित्रमा केन्द्रिय भूमिकामा देखिने छिन । साझा अनलाईन टिभी सँग कुरा गर्दै अभिनेत्री आँचल शर्माले चलचित्रको कथा,स्कृप्ट र टिम राम्रो लागेर काम गर्न लागेको जानकारी दिइन् ।
    चलचित्र को सिनेमटोग्राफी चर्चित सिनेमाटोग्राफर पुरुस्वोत्तम प्रधानले गर्दै छन भने सङ्गित अर्जुन पोखरेलको रहने निर्देसक सबिन कुमार तोलाङ्गीले जानकारी दिए ।
    चलचित्र को निर्माता यस बहादुर गुरुङ र माधब गहतराजले गर्दै छन ।
    ओसकार इन्टर नेशनल कलेज बाट लेखन तथा निर्देशन बिधामा स्नातक गरेका निर्देसक तोलाङ्गीको यो देब्यु चलचित्र हो । उनी ओस्कार कलेजको देस्रो ब्याजी हुन् । उनले केहि छोटा चलचित्र ,सिरिज्,सिरेल र दर्जनौ म्युजिक भिडियो को निर्देसन गरी सकेका छन ।
    नेपाली चलचित्र क्षेत्रमा सबिन कुमार तोलाङ्गी स्थापित नाम हो । नेपाली चलचित्र क्षेत्रको बिकास र बिस्तारको निम्ती थुप्रै सकारात्मक मोभमेन्ट गरेका छन । दुइ पटक अखिल नेपाल क्रान्तिकारी चलचित्र कर्मी सङघ को केन्द्रिय अध्यक्ष भएका थिए । जुन सङ्घठ ले बिदेसी सिनेमालाई नेपाल मा प्रदर्शन गर्न रोक लगाएको थियो । त्यस्तै गरी गौतम बुद्ध भरतमा जन्मिएका हुन भनेर भारतीय चनल टिभी च्यानल जीटिभी बाट सिरिज प्रसारन गरे पछी नेपाल मा ठुलो आन्दोलन भएको थियो । नेपालामा अशोज २८ गते २०६९ बेलुका सुक्रबार देखी २९ गते सनिबार बेलुका ८ बजे सम्म भारतीय सबै मनोरन्जनात्मक टि भि च्यानल बन्द गरिएको थियो जसको नेतृत्यो निर्देशक सबिन कुमार तोलाङगी ले गरेका थिए ।
    निर्देशक का अनुसार ह्वाइट हाउस वोर्किङ नाम हो । केहि दिनमै चलचित्र को आधिकारिक नाम सार्वजनिक गर्ने जनकारी दिए । अखिल नेपाल चलचित्र कर्मी सङघले धरानमा अन्त रास्ट्रीय चलचित्र महोत्सबको आयोजन गरेको थियो । उक्त सङघठनमा पनी उनले सम्योजक को रुपमा काम गरे ।
    तोलाङ्गी चलचित्र लाई राम्रो सँग बुझ्ने सर्जक हुन भन्दा फरक नपर्ला ।

    सम्बन्धित खवर

    मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै