कास्की — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टहरू एक ठाउँमा हुन जरूरी रहेको बताएका छन् ।
शुक्रबार पोखरामा समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री दाहालले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिस्टलाई जोडेर जाने सपना रहेको बताएका हुन् । ‘हाम्रो सपना समाजवादी मोर्चासँग मात्र सीमित रहँदैन,’ प्रधानमन्त्री दाहालले भने, ‘यहाँ सबै कम्युनिस्ट जोडेर जान्छौं । राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य राखेका छौं । आगामी दिनमा देशको नेतृत्व कम्युनिस्टले नै गर्नेगरी जानेछौं ।

एकता, संघर्ष र रूपान्तरण नै समाजवाद भएको भन्दै उनले कम्युनिस्ट एक ठाउँमा केन्द्रित हुन जरूरी रहेकोमा जोड दिए । ‘समाजवादको नयाँ यात्रामा उभिन चाहन्छौं,’ उनले भने ।
मोर्चा विगतको जस्तो कमजोर नरहेको दाबी गर्दै उनले समाजवादी मोर्चा लामो समयसम्म चल्ने गरी बनाइएको बताए । हतारमा पार्टी एकता हुँदा दुर्घटनामा पुगिएको उल्लेख गर्दै उनले मोर्चा तत्काल पार्टी एकता गर्ने पक्षमा नरहेको पनि बताए ।
सरकारमा सुशासनतर्फ राम्रो काम भएको भन्दै प्रधानमन्त्री दाहालले सत्ता गठबन्धन पनि यसतर्फ सकारात्मक रहेको बताए । उनले आफ्नो नेतृत्वमा सरकार बन्दा खस्कँदो अर्थतन्त्रलाई उकास्न मौद्रिक र वितीय नीतिमार्फत संकटलाई समाधान गर्नतर्फ केन्द्रित रहेको बताए । अर्थतन्त्रमा सुधार आए पनि अझै केही समस्या बाँकी रहेको उनको भनाइ थियो ।
भू-माफियाको जगजगी बढी हुँदा ललिता निवासको फाइल खोलिएको उनले बताए । उनले सुन तस्करी सामान्य नरहेको भन्दै यसमा धेरैथरीका मान्छेको संलग्नता रहेको उल्लेख गरे ।