•            
    • sajhaonlinetv. com

    • १७ भाद्र २०८०, आईतवार १३:०३

    सुरक्षा निकाय र प्रशासन हतोत्साहित भएका छन् :जीतेन्द्र बस्नेत (प्रमुख जिल्ला अधिकारी)

    काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिबाट सुरक्षा निकाय र प्रशासन हतोत्साहित भएको बताएका छन् ।
    बस्नेतले भने, ‘एकजना तल्लो तहको ट्राफिक प्रहरीले राति ९ बजे पनि आफ्नो जिम्मेवारी इमानदारिता पूर्वक निभाएका छन् । मेयरले त यसलाई धन्यवाद दिनुपर्ने हो । तर सुरक्षा निकाय र प्रशासनलाई नै गाली गर्ने, धम्की दिने जस्ता काम किन गर्नुभएको हो, हामीले बुझेका छैनौँ । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेका हुन् । तर उहाँले कानुन नै मान्दिन भन्नुहुन्छ भने, त्यो अर्कै कुरा हो । यस प्रवृत्तिले हामीलाई हतोत्साहित बनाएको छ ।
    बालेनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै शनिबार राति सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै