काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक हमला भएको छ । बुधबार दिउँसो नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबाबु सापकोटाले काठमाडौँको भृकुटीमण्डपमा घारिलो हतियारले आक्रमण गरेको जनाइएको छ ।
रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुद ढुंगेलले सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको साझा अनलाईन टि.भि.लाई बताए ।
आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।










