काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन भएको छ ।
७१ वर्षीय नेम्बाङको सोमबार राति करिब २ बजे ह्दयघातबाट निधन भएको थियो। निधन पछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो । हृदयघातपछि उनलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । एमाले नेता प्रदीप ज्ञवाली त्रिवि शिक्षण अस्पतालबाट पार्थिक शरीर पार्टी कार्यालय लैजान लागिएको बताए । उनले मंगलबार बिहान ७ बजेपछि पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिने उनेका भनाइ छ ।
नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । राति नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अोलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
गएराति निधन भएका एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ।










