छहारी मल्टी मिडिया प्रा.लीको ब्यानरमा निर्माणधिन नेपाली कथानक चलचित्र “राजमहल” मा मोडल सिम्रन पन्त अनुबन्धित भएकी छिन् ।
हिजो शुक्रबार छहारी मल्टीमिडियाको कार्यलयमा निर्माता,लेखक तथा निर्देशक सबिन कुमार तोलाङगीले पन्तलाई अनुबन्ध गरेका हुन् ।
सबिन कुमार तोलाङगीको निर्माण,लेखन र निर्देशनमा निर्माणधिन नेपाली कथानक चलचित्र “राजमहल” मा चर्चित नायक रमेश उप्रेती, चर्चित नायिका आँचल दवाडी (शर्मा) र चर्चित मोडल गरिमा शर्मा अनुबन्धित भै सकेका छन् । बाँकी कलाकारहरुको पनि काष्टीङ भैरहेको निर्देशक तोलाङगीले जानकारी दिए ।
चलचित्रको छायांकन चर्चित छायाकार पुरुषोतम प्रधानले गर्दै छन भने संगित चर्चित संगितकार अर्जुन पोखरेलले गरिरहेका छन् । चलचित्रमा ४ वटा गीत रहने निर्देशक तोलाङगीले जानकारी दिए ।
उक्त चलचित्रको निर्माण पोखराका ब्यवसायि यश बहादुर गुरुङ र चितवानका गोल्ड ब्यवसायि माधव गहतराजले गर्दै छन् भने इन्टरनेशनल प्रोडुसरको रुपमा अष्ट्रेलियामा निबास शाहिल श्रेष्ठ र सरोज कंडेल रहेका छन् । चलचित्र यही कात्तिक देखि छायांकनमा जाने निर्देशक तोलाङगीले जानकारी दिए ।