•            
    • sajhaonlinetv. com

    • ९ आश्विन २०८०, मंगलवार १२:१२

    पूर्वप्रधानमन्त्री डा. भट्टराई ,नेपाल र पूर्व मुख्यसचिव पौडेल विरुद्ध मुद्दा नचलाइएको भन्दै सरकारका नाममा कारण देखाउ आदेश जारी

    काठमाण्डौ ,सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ,माधव कुमार नेपाल र पूर्व मुख्यसचिव लिलामणी पौडेल विरुद्ध मुद्दा नचलाइएको भन्दै नेपाल सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
    न्यायाधीश विनोद शर्माको इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माको रिट निवेदनमाथिको सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
    न्यौपाने र शर्माले ललिता निवास जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तथा पूर्वमुख्यसचिव पौड्यालविरुद्ध मुद्दा नलचाएको भन्दै असोज १ गते रिट दायर गरेका थिए।
    रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमुख्यसचिव लिलामणि पौड्याल र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई विपक्षी बनाइएको थियो। मुद्दा नचलाउनुको कारण खोज्दै सर्वोच्चले १५ दिनभित्र जवाफ पेस गर्न भनेको छ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै