•            
    • sajhaonlinetv. com

    • १० आश्विन २०८०, बुधबार १६:०७

    अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच सहमति जुट्यो ,फुटपाथ व्यापारीको जफत गरिएको सामान फिर्ता दिने

    अभियन्ता ईः र काठमाडौं महानगरपालिका बीच सहमति जुटेको छ ।
    महानगरपालिकाको वार्ता टोली र ईःबीच आज बुधबार साँझ सहमति भएको काठमाडौं महागरका एक कर्मचारीले साझा अनलाइन टि.भि. लाई जानकारी दिए।
    दुई पक्षबीच भएको चार बुँदे सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो।
    अभियन्ता ईः फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका थिए।
    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बुधबार फेसबुकमा लामो स्ट्याटस लेखी अभियन्ता ईः का माग पूरा गर्ने अधिकार आफूसँग नरहेको बताएका थिए।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै